देउवालाई प्रयोग गरेर धोका दिनेहरूबाट नयाँ सभापति पनि सचेत हुनुपर्छ : राजशान्ति सुनार

theoutsidenepal.com

देउवालाई प्रयोग गरेर धोका दिनेहरूबाट नयाँ सभापति पनि सचेत हुनुपर्छ : राजशान्ति सुनार

द टन न्युज । काठमाडौं ।

वरिष्ठ समाजसेवी राजशान्ति सुनारले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नेतृत्व र विश्वासको विषयलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवालाई प्रयोग गरेर अन्ततः धोका दिनेहरूले नयाँ पार्टी सभापतिलाई पनि धोका नदेलान् भन्न नसकिने धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सुनारले विगतमा पार्टी नेतृत्वसँग नजिक रहेर राजनीतिक लाभ लिने तर पछि त्यही नेतृत्वलाई धोका दिने प्रवृत्तिप्रति संकेत गरेका छन्।

उनको भनाइमा, “जसले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रयोग गरेर धोका दिए, उनीहरूले नयाँ पार्टी सभापतिलाई धोका नदेलान् भन्न सकिँदैन।”

सुनारको यो अभिव्यक्तिले नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै विश्वास, सहकार्य र राजनीतिक प्रतिबद्धताको विषयलाई पुनः बहसमा ल्याएको देखिन्छ। उनले व्यक्त गरेको धारणा व्यक्तिगत राजनीतिक विश्लेषणका रूपमा आएको भए पनि यसले पार्टीभित्रको शक्ति सम्बन्ध र नेतृत्वप्रतिको विश्वासबारे चासो बढाएको छ।

वरिष्ठ समाजसेवी सुनारले पछिल्लो समय सामाजिक तथा राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन्। उनको पछिल्लो अभिव्यक्ति पनि कांग्रेसको बदलिँदो राजनीतिक परिवेशप्रति लक्षित देखिन्छ।


प्रतिक्रिया