दुबईस्थित व्यवसायी रवीना वादीले प्रेम र सम्बन्धबारे आफ्ना विचार व्यक्त गरिन्

theoutsidenepal.com

हाल दुबईमा व्यवसाय गर्दै आएकी रवीना वादी ले सामाजिक सञ्जालमा आफ्ना विचार साझा गर्दै सम्बन्धबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेकी छन्।


उनले स्टाटसमा लेखेकी छिन् कि “सम्बन्ध कुनै सुन्दर प्रेमी वा सुन्दरी प्रेमिकासँग मात्र जोडिने कुरा होइन। यो पूर्ण व्यक्तिको खोजीमा मात्र पनि होइन किनभने पृथ्वीमा पूर्ण व्यक्ति छैन। सम्बन्ध पैसाले किनिने कुरा पनि होइन।”


उनका अनुसार, साँचो सम्बन्ध भनेको यस्तो व्यक्तिसँग हुनु हो, जो तपाईंको सम्मान गर्छ, तपाईंको ख्याल राख्छ, तपाईंलाई बुझ्छ, तपाईंप्रति गर्व गर्छ, तपाईंलाई जस्तो हुनुहुन्छ त्यसैमा माया गर्छ, वफादार हुन्छ, र तपाईंलाई सांत्वना दिन जान्दछ। 


रवीनाको यो विचारले प्रेम र सम्बन्धमा वास्तविक मूल्य र सम्मानको महत्वलाई सामाजिक सञ्जाल प्रयोगकर्ताबीचमा चर्चा गरिएको छ।


प्रतिक्रिया