समाजसेवी डा. अबुल हुसैन अन्सारीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

theoutsidenepal.com

बीरगंज — समाजसेवी तथा नेकपा एमालेका युवा नेता एवं व्यवसायी डा. अबुल हुसैन अन्सारीले क्यान्सर पीडित बीरगंज निवासी सुल्तान शाहलाई रु. २१,००० आर्थिक सहयोग प्रदान गर्नुभएको छ।


सहयोग हस्तान्तरण गर्दै डा. अन्सारीले सुल्तान शाहको उपचारका लागि आगामी दिनहरूमा थप सहयोग जुटाउन आफू सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सुल्तान शाहको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना समेत गर्नुभएको छ।


डा. अन्सारीको यस मानवीय पहलले उपचाररत पीडित तथा उनका परिवारलाई राहत मिलेको छ। स्थानीयवासीहरूले कठिन परिस्थितिमा देखाइएको यस्तो सहयोग र संवेदनशीलताप्रति आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया