“सुदूरपश्चिमका १६ सिटका लागि रास्वपामा ४६ जनाको दाबी—प्रदेश सभापतिदेखि बालेन समूह र गृहमन्त्रीका स्वकीय सचिवसम्म प्रतिस्पर्धामा”
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमा उम्मेदवार बन्न ४६ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रास्वपाभित्र आन्तरिक प्रतिस्पर्धा चर्किएको हो।
उम्मेदवारी दाबी गर्नेहरूमा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, चर्चित युवा नेता सागर ढकाल, बालेन शाह समूहसँग निकट व्यक्तिहरू, तथा गृहमन्त्री ओमप्रकाश अर्यालका स्वकीय सचिवहरू समेत रहेका छन्। यसले सुदूरपश्चिममा रास्वपाको संगठनात्मक विस्तार र राजनीतिक आकर्षण दुवै बलियो बन्दै गएको संकेत गरेको छ।
कहाँ कसको दाबी?
कैलाली–१ मा सबैभन्दा बढी छ जनाको दाबी परेको छ। प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टसँगै कोमल सुवेदी (नाउपा पक्ष), सुरेश कर्ण, दिव्या चौधरी, सिद्धार्थ साउद र दीपेन्द्र चौधरी प्रतिस्पर्धामा छन्।
कैलाली–२ मा पदमराज शर्मा, पदम चौलागाई, पवित्रा गिरी र बालेन पक्षका केपी खनाल ले उम्मेदवारी दाबी गरेका छन्।
कैलाली–३ मा जिल्ला सभापति महेशकुमार चौधरी, जगत जोशी र नाउपा पक्षकी इन्दु चौधरी बीच प्रतिस्पर्धा छ।
कैलाली–४ मा खेमराज कोइराला, दिल्लीराज जोशी, मिनबहादुर बोहरा, पूर्व कर्णेल शिवराज पन्त, हेमराज भट्ट र सत्यराज रावल गरी छ जनाको दाबी परेको छ।
कैलाली–५ मा पनि प्रतिस्पर्धा तीव्र देखिएको छ। यहाँ भीमबहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू र बालेन पक्षका आनन्द बहादुर चन्द ले दाबी गरेका छन्।
कञ्चनपुर–१ मा जनक धामी र नवराज राना छन् भने
कञ्चनपुर–२ मा सचिवालय सदस्य दीपक बोहरा एकल दावेदार देखिन्छन्।
कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, उमेश पाण्डे, कृष्णदत्त जोशी र बालेन पक्ष तथा गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी बीच प्रतिस्पर्धा छ।
डडेल्धुरा मा चर्चित युवा नेता सागर ढकाल, जिल्ला सभापति सुरेन्द्र अवस्थी र उज्यालो पार्टीबाट समायोजन भएका डा. तारा जोशी ले उम्मेदवारी दाबी गरेका छन्।
बझाङ मा मिनबहादुर सिंह, जिल्ला सभापति सत्यराज उपाध्याय र शैलेश सिंह छन्।
अछाम–१ मा जिल्ला सभापति ओमप्रकाश रावल एकल दावेदार छन् भने
अछाम–२ मा जीवन तिमिल्सिना र बालेन शाहका स्वकीय सचिव भूपदेव शाह बीच प्रतिस्पर्धा छ।
बाजुरा मा राजबहादुर सिंह र हेमराज थापा,
बैतडी मा हरिमोहन भण्डारी,
डोटी मा नरेन्द्र खड्का,
र दार्चुला मा राजेश साउदले उम्मेदवारी दाबी गरेका छन्।
संगठनभित्र बढ्दो प्रतिस्पर्धा
रास्वपामा देखिएको यो दाबेदारीले पार्टीभित्र लोकप्रियता, संगठन विस्तार र नयाँ नेतृत्व उदाउने सम्भावना देखिएको नेताहरू बताउँछन्। पार्टी नेतृत्वले अब योग्यता, क्षेत्रीय सन्तुलन र जनअपेक्षालाई आधार मानेर उम्मेदवार छनोट गर्ने तयारी गरेको बुझिएको छ।