वर्तमान र भविष्यका दुई ‘रवि’को जम्का भेट

theoutsidenepal.com

वर्तमान र भविष्यका दुई ‘रवि’को जम्का भेट 


काठमाडौँ — रवि लामिछाने सँग सानो बालक ‘रवि’को आत्मीय भेटले सामाजिक सञ्जालमा चर्चा पाएको छ। यो भावनात्मक क्षणलाई नन्दा सिंह प्रसाई ले सार्वजनिक गर्दै “वर्तमान र भविष्य दुई रविको जम्का भेट ” भन्ने स्टाटस लेख्नुभएको हो।


नन्दा सिंह प्रसाई, रमेश प्रसाई की धर्मपत्नी हुन्। उहाँको सानो छोराको नाम पनि ‘रवि’ नै रहेकाले यो भेटलाई प्रतीकात्मक रूपमा “वर्तमान र भविष्य” को संगमका रूपमा व्याख्या गरिएको छ।


तस्बिरमा सभापति रवि लामिछानेको काखमा सानो ‘रवि’ देखिन्छन्, जसले भावी पुस्ताप्रतिको आशा र नेतृत्वबीचको सम्बन्धलाई झल्काउने सन्देश दिएको धेरैले प्रतिक्रिया दिएका छन्।


सामाजिक सञ्जालमा उक्त तस्बिरलाई धेरैले मन पराउँदै सकारात्मक प्रतिक्रिया दिएका छन्, जहाँ एकातर्फ वर्तमान नेतृत्व र अर्कोतर्फ भविष्यको संकेत एकै फ्रेममा कैद भएको देखिन्छ।


प्रतिक्रिया