जन्मदिनको शुभकामनाप्रति एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको हार्दिक आभार

theoutsidenepal.com

जन्मदिनको शुभकामनाप्रति एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको हार्दिक आभार

काठमाडौं। रोविन शेरचनले आफ्नो जन्मदिनको अवसरमा शुभकामना, माया र आशीर्वाद व्यक्त गर्ने सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा शेरचनले जन्मदिन केवल उमेर थपिने दिन नभई सम्बन्धहरूको गहिराइ महसुस गर्ने सुन्दर अवसर भएको उल्लेख गरेका छन्। उनले प्रत्यक्ष भेटेर, टेलिफोनमार्फत, सन्देश तथा विभिन्न सामाजिक सञ्जालमार्फत शुभकामना दिने सबै आदरणीय अग्रज, साथीभाइ, आफन्त र शुभचिन्तकप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्।

उनले शुभेच्छुकहरूका आत्मीय शब्दले आफ्नो मनलाई गहिरोसँग छोएको उल्लेख गर्दै ती शुभकामनाहरू औपचारिक सन्देश मात्र नभई जीवनयात्रामा प्रेरणा दिने उज्याला दीपसरह रहेको बताएका छन्। साथै, सबैको विश्वास, माया र सद्भावले आफूलाई अझ जिम्मेवार, विनम्र र समर्पित भएर समाज तथा प्रवासी नेपाली समुदायको सेवामा अघि बढ्न ऊर्जा दिएको पनि उनले बताएका छन्।

शेरचनले आफ्नो सन्देशमार्फत शुभेच्छुकहरूको जीवनमा सुख, शान्ति, सफलता र समृद्धिको कामना गर्दै आगामी दिनमा पनि यस्तै स्नेह, साथ र विश्वास कायम रहने अपेक्षा व्यक्त गरेका छन्।


प्रतिक्रिया