पोखरा — एमालेका वरिष्ठ नेता गोकुल बास्कोटा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा चुनावी मैदानमा नउत्रिने भएका छन्। पार्टीको एघारौं महाधिवेशनमा सचिव पदका लागि उठेका बास्कोटा यस पटक टिकट पाउन असफल भए।
एमाले नेतृत्वमा रहेका केपी ओली नेतृत्वको पार्टीले उनलाई टिकट नदिँदा नेता बास्कोटा एकान्तमा समय बिताइरहेका छन्। उनले आफ्नो एकान्त समयलाई शान्तिपूर्ण क्षणको रूपमा अनुभव गर्दै इन्द्र सरोवर को किनारमा ढुङ्गा सराउँदै आफ्नो मन सान्त गर्दैछन्।
सोशल मिडियामा उनले लेखेका छन्:
“एक्लै तैरिनु पनि जिन्दगीको आनन्दमय क्षण हो किनकि — जहाँ सोच्ने तरिका पनि शान्त छाल जस्तै हुने के। संयोगबस ईन्द्र सरोबरमा।”
उनको यो स्टाटसले राजनीतिक असफलता र व्यक्तिगत मनोबलबीचको सन्तुलन झल्काएको छ। चुनावको तयारीका बीच नेता बास्कोटाले शान्त आत्मावलोकनको महत्त्व बुझाएका छन्।