ग्वाङ्झाउ सम्मेलन ऐतिहासिक बनाउन गंगा खतिवडाको महत्वपूर्ण भूमिका, ORA Cosmetics को योगदानको चर्चा

theoutsidenepal.com

ग्वाङ्झाउ सम्मेलन ऐतिहासिक बनाउन गंगा खतिवडाको महत्वपूर्ण भूमिका, ORA Cosmetics को योगदानको चर्चा

ग्वाङ्झाउ, चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ भव्य रूपमा सम्पन्न भएसँगै सम्मेलनको सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व र संस्थाको चर्चा चुलिएको छ। यस क्रममा एनआरएनए आईसीसीकी सह–कोषाध्यक्ष एवं ORA Cosmetics की नेपाल प्रमुख गंगा खतिवडाको सक्रियता र योगदानलाई विशेष रूपमा हेरिएको छ।


अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउमा सम्पन्न सम्मेलनले प्रवासी नेपालीका मुद्दा, लगानी, युवा सहभागिता, पर्यटन, प्रविधि तथा नेपालसँगको सम्बन्धलाई थप बलियो बनाउने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ। विभिन्न देशबाट आएका नेपाली प्रतिनिधि, व्यवसायी, युवा तथा राजनीतिक नेतृत्वको उल्लेख्य सहभागिताले सम्मेलनलाई अझ प्रभावशाली बनाएको थियो।


सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा श्रम संस्कृति पार्टीका युवा नेता तथा नेतृहरूको सहभागिताले पनि विशेष राजनीतिक अर्थ बोकेको थियो। विभिन्न राजनीतिक धारका युवा नेतृत्व एउटै मञ्चमा उपस्थित हुनु सम्मेलनको महत्वपूर्ण उपलब्धिका रूपमा चर्चा गरिएको छ।


गंगा खतिवडाको सक्रियता चर्चामा

एनआरएनए आईसीसीको सह–कोषाध्यक्षको जिम्मेवारीसँगै व्यवसायिक क्षेत्रमा पनि सक्रिय गंगा खतिवडाले सम्मेलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। सम्मेलनको व्यवस्थापन तथा कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रबाट प्राप्त सहयोग र सहकार्यमा उनको समन्वयकारी भूमिका रहेको थियो।


सम्मेलनलाई ऐतिहासिक बनाउन ORA कम्पनीको आर्थिक सहयोग तथा सहकार्य समेत महत्वपूर्ण रहेको आयोजक पक्षले जनाएको छ। व्यवसायिक क्षेत्र र प्रवासी नेपाली अभियानबीच सहकार्यको उदाहरणका रूपमा ORA को सहभागितालाई हेरिएको छ।

नेपालमा ORA Brand को बढ्दो चर्चा

गंगा खतिवडा नेपाल प्रमुख रहेको ORA Cosmetics पछिल्लो समय नेपालमा चर्चामा रहेको कस्मेटिक्स तथा स्किन केयर ब्रान्डका रूपमा अगाडि बढिरहेको छ। सौन्दर्यसँगै छालाको हेरचाहलाई प्राथमिकता दिँदै विभिन्न स्किन केयर तथा कस्मेटिक उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनीको दाबी छ।


ORA ले मानिसको सौन्दर्य अभिवृद्धिसँगै छालाको नियमित हेरचाहमा केन्द्रित उत्पादनहरूलाई प्राथमिकता दिएको छ। आधुनिक प्रविधि, गुणस्तर र स्किन केयरलाई जोड दिँदै ब्रान्डले नेपाली उपभोक्तामाझ आफ्नो बजार विस्तार गरिरहेको बताइएको छ।

सम्मेलन र व्यवसायिक सहकार्यको नयाँ सन्देश

ग्वाङ्झाउमा सम्पन्न एनआरएनए सम्मेलनले विदेशमा रहेका नेपालीको आर्थिक, सामाजिक र व्यवसायिक शक्तिलाई नेपालसँग जोड्ने बहसलाई नयाँ उचाइ दिएको छ। त्यसमा निजी क्षेत्रको सहभागिता र सहयोगले सम्मेलनलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याएको देखिन्छ।


एकातर्फ एनआरएनएभित्र नेतृत्वदायी भूमिकामा रहेर प्रवासी नेपालीका मुद्दालाई अघि बढाउने र अर्कोतर्फ निजी क्षेत्रमार्फत नेपाली बजारमा नयाँ ब्रान्ड तथा व्यवसायिक सम्भावना विस्तार गर्ने गंगा खतिवडाको दोहोरो सक्रियता अहिले चर्चाको विषय बनेको छ।

ग्वाङ्झाउ सम्मेलनको भव्यता, विभिन्न राजनीतिक दलका युवा नेतृत्वको सहभागिता र निजी क्षेत्रको उल्लेख्य सहकार्यले ‘आरोहण–२०२६’ लाई एनआरएनएको एसिया–प्रशान्त क्षेत्रकै स्मरणीय सम्मेलनका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।


प्रतिक्रिया