न्यूयोर्क स्वस्थानी महोत्सव २०२६: नवौँ दिनमा श्रद्धा, भक्ति र सहयोगको निरन्तरता, $१३,५३१.६३ संकलन

theoutsidenepal.com

न्यूयोर्क – नेपाली–अमेरिकन विभिन्न संघ–संस्था तथा मिडिया पार्टनरहरूको संयुक्त सहकार्यमा रिजउड नेपाली समाज (RNS) द्वारा आयोजित श्रीस्वस्थानी व्रतकथा – न्यूयोर्क स्वस्थानी महोत्सव २०२६ को नवौँ दिनको कार्यक्रम आइतबार, जनवरी ११, २०२६ का दिन श्रद्धा, भक्ति र शान्त वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।


न्यूयोर्कस्थित एकमात्र नेपाली मन्दिर दुर्गा मन्दिर तथा न्यूयोर्क नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्र (DTNCC), रिजउड मा सम्पन्न उक्त कार्यक्रम एनआरएनए एनसीसी अमेरिका का अध्यक्ष सतेन्द्र शाह को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।



नवौँ दिनमा $१३,५३१.६३ संकलन



आयोजक समितिका अनुसार, नवौँ दिन कर्ता तथा श्रद्धालु भक्तजनहरूको सप्रेम दान, भेटी तथा सहयोगबाट कुल $१३,५३१.६३ रकम संकलन भएको छ। यस पावन अवसरमा कर्ता बस्नु भएका तथा कर्ता नबसी प्रेमपूर्वक दान प्रदान गर्नु भएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूप्रति आयोजक समितिले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।



धार्मिक आस्था र सामुदायिक उद्देश्य



उक्त दिनका यजमानहरूले उपस्थित सम्पूर्ण भक्तजनहरूलाई प्रसाद ग्रहण गराउनुका साथै दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रको स्थापना, पुनर्निर्माण तथा दीगो सञ्चालन अभियानका लागि महत्वपूर्ण योगदान प्रदान गर्नुभएको आयोजक समितिले जनाएको छ।


महोत्सवको मुख्य उद्देश्य:


  • नेपाली मौलिक धार्मिक परम्पराको संरक्षण
  • सामुदायिक एकताको सुदृढीकरण
  • नेपाली संस्कृति र पहिचानको पुस्तान्तरण
  • न्यूयोर्कमा स्थायी नेपाली मन्दिर तथा सामुदायिक केन्द्रको दीगो सञ्चालन सुनिश्चित गर्नु



रहेको आयोजकको भनाइ छ।



आयोजक र स्वयंसेवकप्रति आभार



यस ऐतिहासिक नवौँ दिनको कार्यक्रम सफल बनाउन सहयोग गर्ने:


  • दाताहरू
  • कर्ता महानुभावहरू
  • श्रद्धालु भक्तजनहरू
  • अतिथिगण
  • संघ–संस्था प्रतिनिधिहरू
  • मिडिया पार्टनरहरू
  • स्वयंसेवकहरू



प्रति आयोजक समितिले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, कार्यक्रम व्यवस्थापनमा निरन्तर समर्पणका साथ जुट्ने आयोजक समिति, उप–समिति, मन्दिर व्यवस्थापन समिति, समन्वयकर्ता, स्वयंसेवक तथा गुरुजनहरूप्रति आभार प्रकट गरिएको छ।



दाताहरूलाई सम्मानको व्यवस्था



आयोजक समितिका अनुसार:


  • $५०० भन्दा बढी दान प्रदान गर्नु हुने दाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरिनेछ
  • सम्पूर्ण दाताहरूको नाम दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रको स्थायी दातृ सूची मा समावेश गरिनेछ



कर्ता बस्न समय नमिल्ने महानुभावहरूले पनि दानमार्फत यस पवित्र अभियानमा सहभागी हुन सक्ने र एकै दिन धेरै जना कर्ता बस्न सकिने व्यवस्था रहेको जानकारी गराइएको छ।


आगामी दिनहरूमा पनि निरन्तर सहभागिता, सहयोग र समर्थन प्रदान गरी धर्म, संस्कृति र पहिचानको संरक्षणमा साझा भूमिका निर्वाह गर्न आयोजक समितिले सबैमा हार्दिक अनुरोध गरेको छ।


कार्यक्रम संयोजक

अमित प्रताप शाह


जय श्रीस्वस्थानी माता ! 🙏


प्रतिक्रिया