गगन थापा–अमरेश कुमार सिंह आमनेसामने : रवि लामिछाने सम्बन्धी आरोपमा प्रमाण माग्दै चुनावी मैदान ततियो

theoutsidenepal.com

काठमाडौं । नेपाली राजनीतिमा पछिल्लो समय रवि लामिछाने सम्बन्धी आरोप–प्रत्यारोपले नयाँ बहस सिर्जना गरेको छ । विशेषगरी नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सहकारी प्रकरणलाई लिएर चलेको विवाद फेरि चुनावी माहोलसँगै चर्चामा आएको छ।


रवि लामिछानेले यसअघि सार्वजनिक रूपमा गगन थापालाई चुनौती दिँदै “तपाईंले मलाई सहकारी ठग हो भन्नुभएको थियो, प्रमाण कहाँ छ ? मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु, प्रमाण दिन नसक्नु भए तपाईंले राजनीति छोड्नुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए। सो चुनौतीपछि पनि गगन थापाले हालसम्म ठोस प्रमाण सार्वजनिक नगरेको भन्दै रास्वपा नेताहरूले प्रश्न उठाइरहेका छन्।


यही विषयलाई लिएर रास्वपाका प्रभावशाली नेता डा. अमरेश कुमार सिंहले पनि गगन थापामाथि दबाब बढाइरहेका छन्। “हाम्रो सभापति रविको प्रमाण खोई ? आरोप लगाउनेले प्रमाण दिनुपर्छ” भन्दै उनले चुनावी सभाहरूमा प्रश्न उठाउँदै आएका छन्।


उता, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा अहिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपाका प्रभावशाली नेता डा. अमरेश कुमार सिंहसँग प्रत्यक्ष प्रतिस्पर्धामा छन्। दुवै नेताबीचको आमनेसामने प्रतिस्पर्धाले चुनावी माहोल थप तातेको छ।

प्रतिक्रिया