दारी भाईको चिया पसलले मनायो दोस्रो वार्षिकोत्सव
काठमाडौँ । काठमाडौँस्थित भत्केको पुलमा रहेको दारी भाईको चिया पसलले आज आफ्नो दोस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सवको अवसरमा पसलले हरेक ग्राहकलाई पाँच रुपैयाँमै चिया उपलब्ध गराएको थियो।
दारी भाईको चिया पसलले हाल संखमूल, भत्केको पुल, पुरानो बानेश्वर र बसुन्धरा लगायतका स्थानमार्फत नियमित रूपमा चिया बिक्री गर्दै आइरहेको छ। छोटो समयमै चिया पारखीहरूको रोजाइमा पर्न सफल यस पसलले गुणस्तर र स्वादलाई प्राथमिकतामा राख्दै सेवा दिँदै आएको छ।
चिया प्रती पछिल्लो समय जनआकर्षण बढ्दै गएको उल्लेख गर्दै पसलका सञ्चालक **राजेश रेग्मी ‘दारी भाइ’**ले भने, “ग्राहकको विश्वास नै हाम्रो ठूलो पुँजी हो। चियाको गुणस्तर अझै राम्रो बनाउन म निरन्तर प्रयासरत छु।”
स्थानीय स्तरमा सुरु गरिएको दारी भाईको चिया पसलले न्यून मूल्य, स्वादिलो चिया र सरल सेवामार्फत आफ्नो पहिचान बनाउन सफल भएको छ।