झापामा केपी पराजित, कैलालीमा केपीको शानदार जीत

theoutsidenepal.com

झापा — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहसँग पराजित भएका छन्। झापामा ओलीको हारले राष्ट्रिय राजनीतिमा निकै चर्चा पाएको छ।


तर यसैबीच अर्को रोचक संयोग पनि देखिएको छ। कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता केपी खनालले शानदार जीत हासिल गरेका छन्। समान नाम भएका कारण सामाजिक सञ्जालमा “झापामा केपी हार, तर कैलालीमा केपीको जीत” भन्ने चर्चा समेत चलिरहेको छ।


कैलाली–२ मा खनालले सुरुदेखि नै राम्रो मत ल्याउँदै अन्ततः जित हात पारेका हुन्। युवा नेतृत्वप्रति मतदाताको बढ्दो विश्वासका कारण उनको जीतलाई धेरैले महत्वपूर्ण मानिरहेका छन्।


झापामा बालेन शाहको जीत र कैलालीमा केपी खनालको जीतले यसपटकको निर्वाचनमा नयाँ अनुहार र युवा नेतृत्वको प्रभाव बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको 


प्रतिक्रिया