कैलाली ४( गोरख बहादुर विष्ट) : काग्रेस प्रति जनताको बढ्दो आकर्षण

theoutsidenepal.com

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जनता र कार्यकर्तामा नेपाली कांग्रेसप्रति उत्साह लगातार बढ्दो छ। हाम्रो कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले जनताको विश्वास र समर्थन पाउँदै आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

आज बिष्टले गोदावरी नगरपालिका वडा नं. १ (बिजौरा) मा जनता तथा पार्टी कार्यकर्ता भेटघाट गर्दै दीर्घकालीन विकास, समावेशी नीति र जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धताको सन्देश दिएका छन्। 


उहाँले मतदातालाई अपील गर्दै भने, “हाम्रो अभियानको प्रतीक – रुख  – मा भोट दिनुहोस्। यही भोटले समृद्धि र विकासको यात्रा सँगसँगै अघि बढाउने अवसर ल्याउनेछ।”


जनताको बढ्दो उत्साहले कैलाली–४ मा कांग्रेसको अभियानलाई बलियो बनाइरहेको छ। यस क्रममा उपस्थित कार्यकर्ता र स्थानीयहरूले बिष्टको नेतृत्वमा राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल्यमान्यतालाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया