धनगढीको फेसन बजारमा नयाँ आकर्षण ‘प्रिसी’, महिलाका लागि एउटै छानामुनि आधुनिक फेसन सामग्री

theoutsidenepal.com

धनगढीको फेसन बजारमा नयाँ आकर्षण ‘प्रिसी’, महिलाका लागि एउटै छानामुनि आधुनिक फेसन सामग्री

द टन न्युज | धनगढी 

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिलाको फेसन, सौन्दर्य र दैनिक आवश्यकतालाई लक्षित गर्दै नयाँ स्टोर ‘प्रिसी (Prissy)’ सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित नगरपालिका रोडमा रहेको प्रिसीले आधुनिक डिजाइनका फेसन सामग्री, सौन्दर्य सामग्री तथा महिलाका दैनिक आवश्यकतासँग सम्बन्धित विभिन्न उत्पादन उचित मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

‘For Everyday You’ अर्थात् ‘हरेक दिन तपाईंकै लागि’ भन्ने नारासहित सञ्चालनमा आएको प्रिसीले विशेष अवसरमा मात्र नभई दैनिक जीवनमा समेत आकर्षक देखिन र आत्मविश्वास महसुस गर्न चाहने महिलालाई लक्षित गरेको छ। स्टोरमा सामान्य दैनिक प्रयोगका सामग्रीदेखि बदलिँदो फेसनअनुसारका आकर्षक तथा आधुनिक डिजाइनका उत्पादनसम्म उपलब्ध रहेको सञ्चालकले बताएका छन्।


प्रिसीमा स्टिल ज्वेलरी, नेकलेस, इयररिङ, विभिन्न फेसन एक्सेसरिज, सौन्दर्य सामग्री तथा महिलाका भित्री पहिरनलगायतका सामग्री उपलब्ध छन्। स्टोरमा रहेका धेरै फेसन एक्सेसरिज विदेशबाट आयात गरिएका छन्। गुणस्तर, आकर्षक डिजाइन र ग्राहकको रुचिलाई ध्यानमा राख्दै सामग्री छनोट गरिएको सञ्चालक पक्षको भनाइ छ।

रुबी श्रेष्ठको पहल, धनगढीमै आधुनिक फेसन सपिङको अनुभव

बदलिँदो फेसन र युवा पुस्ताको रुचिलाई नजिकबाट बुझ्दै प्रिसीलाई नयाँ पहिचानका साथ अघि बढाएकी छन् प्रोप्राइटर रुबी श्रेष्ठले। स्वदेशी बजारमा लोकप्रिय डिजाइनसँगै अन्तर्राष्ट्रिय बजारमा प्रचलित नयाँ शैलीका सामग्रीसमेत क्रमशः थप्दै जाने उनको योजना छ।


फेसन सामग्री खरिद गर्न ठूला सहर वा अनलाइन बजारमा निर्भर हुनुपर्ने अवस्थालाई केही हदसम्म कम गर्दै धनगढीमै आधुनिक, आकर्षक र गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको श्रेष्ठ बताउँछिन्।

उनका अनुसार प्रिसीको उद्देश्य सामग्री बिक्री गर्नुमा मात्र सीमित छैन। धनगढीका महिलालाई सहज, सरल र आधुनिक ‘फेसन सपिङ’को अनुभव प्रदान गर्नु पनि यसको मुख्य लक्ष्य हो।

श्रेष्ठ भन्छिन्, “फेसन अब विशेष अवसरमा मात्र सीमित छैन। कार्यालय जाँदा, साथीभाइसँग भेटघाट गर्दा वा सामान्य दैनिक जीवनमा पनि सानो इयररिङ, आकर्षक नेकलेस वा आफूलाई सुहाउने एक्सेसरिजले व्यक्तित्वमा फरक अनुभूति दिन सक्छ।”

यही सोचलाई आत्मसात् गर्दै प्रिसीले ‘For Everyday You’ नारालाई आफ्नो पहिचान बनाएको छ। विशेष दिनमा मात्र होइन, हरेक दिन आफूलाई राम्रो, आकर्षक र आत्मविश्वासी महसुस गर्न चाहने महिलाका लागि प्रिसी एउटा नयाँ विकल्पका रूपमा अघि आएको छ।

धनगढीको फेसन बजारमा नयाँ सम्भावना

धनगढीमा आधुनिक जीवनशैली, फेसनप्रतिको रुचि र व्यवस्थित किनमेल संस्कृतिको विकास हुँदै गएको अवस्थामा प्रिसीको आगमनले स्थानीय ग्राहकलाई थप विकल्प उपलब्ध गराएको छ।

महिलाका दैनिक आवश्यकतादेखि आधुनिक फेसनका सामग्रीसम्म एउटै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित अघि बढेको प्रिसीले स्थानीय बजारमा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने अपेक्षा गरेको छ।

‘हरेक दिन आफूलाई विशेष महसुस गराउने फेसन’ भन्ने अवधारणालाई केन्द्रमा राख्दै प्रिसीले धनगढीको फेसन बजारमा नयाँ सम्भावनाको ढोका खोलेको छ।


प्रतिक्रिया