रौतहटमा चुनावी अभियान: ऋषि धमला जनताको मन जित्ने प्रतिबद्धता

theoutsidenepal.com

रौतहट — वरिष्ठ नेता ऋषि धमला र उनकी सहकर्मी एलिजा गौतम हाल रौतहटमा चुनावी अभियानमा सक्रिय रहनुभएको छ। अभियानका क्रममा एलिजा गौतमले सोध्नु भयो, “ऋषि सर, कस्तो लागिराछ?”


यस प्रश्नको जवाफमा ऋषि धमला भन्नुहुन्छ, “जनतालाई समस्या छ। जनताको समस्या समाधान गर्न पनि यो निर्वाचनमा रौतहटमा चै नयाँ परिवर्तन ल्याउनु छ। विकास गर्नु छ। जनताको मन जित्नु छ। जनताको चाहना अनुसार काम गर्नु छ।”


ऋषि धमलाको यो प्रतिबद्धताले स्थानीय मतदातामाझ सकारात्मक सन्देश पुगेको बताइएको छ। उनले चुनावी अभियानमार्फत रौतहटमा समावेशी विकास र जनसुनुवाइलाई प्राथमिकतामा राख्ने आफ्नो योजना सार्वजनिक गरेका छन्।


प्रतिक्रिया