गोकर्णेश्वर नगरपालिका र केएमसीबीच स्वास्थ्य सेवामा सहकार्य, सम्झौता हुँदै

theoutsidenepal.com

गोकर्णेश्वर नगरपालिका र केएमसीबीच स्वास्थ्य सेवामा सहकार्य,  सम्झौता हुँदै

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड बीच गोकर्णेश्वरवासीलाई उपचार सेवामा विशेष छुट तथा विभिन्न स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता हस्ताक्षर कार्यक्रम आयोजना गरिएको छ।

नगरपालिकाका अनुसार उक्त सम्झौतामार्फत गोकर्णेश्वर क्षेत्रका नागरिकले केएमसीमा उपचार गराउँदा विशेष सहुलियत तथा स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।

 (असार १ गते, सोमबार) बिहान १० बजे गोकर्णेश्वर नगरपालिका कार्यालय, जोरपाटीमा हुने कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद सुनिल कुमार शर्मा को विशेष उपस्थिति रहने जनाइएको छ।

नगरपालिकाले कार्यक्रमलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण पहलका रूपमा लिँदै सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई उपस्थित भई समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

कार्यक्रम विवरण:

  • मिति: २०८३ असार १ गते, सोमबार
  • समय: बिहान १०:०० बजे
  • स्थान: गोकर्णेश्वर नगरपालिका कार्यालय, जोरपाटी, काठमाडौं
  • सम्पर्क: ९८०७०८६५८५

यस सहकार्यले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा थप सहज र किफायती रूपमा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया