एनआरएनए अमेरिका अध्यक्ष सतेन्द्र शाह द्वारा प्रधानमन्त्री बालेन शाह लाई बधाई

theoutsidenepal.com

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका (NCC USA) का अध्यक्ष Satendra Shah ले नेपालका नवनियुक्त प्रधानमन्त्री Balen Shah लाई हार्दिक बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत “Congratulations 🎉new prime minister of Nepal Balen Shah” भन्दै शुभकामना व्यक्त गरेका हुन्।


शाहले बधाई सन्देशमार्फत नयाँ नेतृत्वप्रति आफ्नो विश्वास प्रकट गर्दै देशको विकास, सुशासन र समृद्धिका लागि सफल कार्यकालको कामना गरेका छन्। उनले विश्वभर रहेका नेपाली समुदायको तर्फबाट पनि समर्थन र साथ रहने संकेत दिएका छन्।


एनआरएनए अमेरिकाबाट आएको यो शुभकामना सन्देशले विदेशमा रहेका नेपालीहरूको चासो र अपेक्षा समेत प्रतिबिम्बित गरेको छ। नयाँ सरकारसँग प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया