कांग्रेस महाधिवेशन : गोरख (आनन्द) बिष्टद्वारा प्रतिनिधिहरूसँग अमूल्य मतको अपिल
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार गोरख (आनन्द) बिष्टले महाधिवेशनका सम्पूर्ण प्रतिनिधिहरूसमक्ष आफ्नो पक्षमा अमूल्य मत प्रदान गरिदिन हार्दिक अपिल गर्नुभएको छ।
बिष्टले सामाजिक सञ्जालमार्फत शुभप्रभात तथा जय नेपालको अभिवादनसहित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पार्टीको एकता, सुदृढ संगठन र जनताको सेवामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
उहाँले प्रतिनिधिहरूको माया, विश्वास, साथ र आशीर्वादलाई आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै निर्वाचनमा अमूल्य मत प्रदान गरी विजयी गराइदिन आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बिष्टले केन्द्रीय सदस्य (खुला ४५) पदमा उम्मेदवारी दिनुभएको छ। उहाँको निर्वाचन क्रम संख्या २५ रहेको छ।
प्रतिनिधिहरूको विश्वास र समर्थनको अपेक्षासहित बिष्टले आफ्नो अपिलमा हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभएको छ।