सिरानचोक ७, सिम्ले — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय नेता एवं समानुपातिक उम्मेदवार डा. मित्र परियार को नेतृत्वमा आज सिरानचोक ७ सिम्लेको दलित बस्तीमा विशेष सभा सफलतापूर्वक सम्पन्न भएको छ।
सभा सहभागीहरूले नेकपाप्रति आफ्नो विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा भारी मतसहित पार्टीको जीत सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
डा. परियारले आफ्नो सम्बोधनमा जनताको भलो र समाजिक समानताको लागि पार्टीको स्थिर प्रतिबद्धता दोहोर्याए।
27 February 2026