काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता १२औँ महाधिवेशनको अवसरमा संघको अध्यक्ष पदका लागि डा. हेमराज शर्मा ले आयोजना गरेको “उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रम” गत मार्च १४–१६ मा सफलतापूर्वक सम्पन्न भयो।
डा. शर्माले कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, शुभकामना, सुझाव र आशिर्वादले उनलाई अझ बढी हौसला प्रदान गरेको बताए। ५० भन्दा बढी देशबाट आएका करिब ५०० प्रतिनिधिहरूले दिएका सुझावले उनको अभियानलाई बलियो बनाएको छ। साथै, हजारौं दर्शकहरूले लाईभमार्फत कार्यक्रम हेरेकोमा पनि उनले धन्यवाद व्यक्त गरे।
उक्त कार्यक्रममा उनले उपस्थित नहुने वा लाईभ हेर्न नसक्ने सबैलाई घोषणापत्र र कार्यक्रमको लिंक उपलब्ध गराउने जानकारी दिए। डा. शर्माले यस कार्यक्रमलाई केवल शुरुवात मात्र ठहराउँदै आगामी दिनहरूमा सबै प्रतिनिधि साथीहरूसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरे।
साथै, कार्यक्रमको कारण इङ्ल्यान्ड र नेपालबीचको क्रिकेट तथा लिभरपुल र म्यानचेस्टरबीचको फुटबल खेल लाईभ हेर्न नसकिए पनि हाइलाइट हेर्ने अवसर पाए। नेपाल र लिभरपुलले झिनो अन्तरले हार बेहोर्नु परेको जानकारी दिंदै, उनले बीबीसीको “Nepal a real threat at this World Cup” भन्ने टिप्पणी सहमतिपूर्वक उद्धृत गरे।
डा. शर्माले आजको व्यापक सहभागिताले उनको चुनावी अभियान कमजोर नहुने र बलियो हुने विश्वास व्यक्त गरेका छन्।