ब्राजिलका स्टार फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

theoutsidenepal.com

ब्राजिलका स्टार फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा


ब्राजिलका स्टार फुटबलर Neymar ले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। २०२६ फिफा विश्वकपको अन्तिम १६ चरणमा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएर प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका हुन्।


३४ वर्षीय नेयमारले भावुक हुँदै भने, “मैले सक्दो प्रयास गरेँ। मेरो यात्रा यहींबाट सुरु भएको थियो, र यहीं समाप्त भयो। अब सबै सकियो।” 


नेयमारले ब्राजिलका लागि १३० अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन्। उनी ब्राजिलको पुरुष राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले २०१३ को कन्फेडेरेसन्स कप जितेका थिए भने विश्वकप उपाधि जित्ने सपना भने अधुरै रह्यो।


नेयमारको सन्याससँगै ब्राजिलियन फुटबलको एक स्वर्णिम अध्यायको अन्त्य भएको छ। उनको कला, गति र सिर्जनशील खेलशैलीका कारण उनी विश्व फुटबलका सबैभन्दा प्रभावशाली खेलाडीहरूमध्ये एक मानिन्छन्।

प्रतिक्रिया