गएरातीदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना देशका अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रारम्भिक अग्रता देखिएको छ। अहिले गणना भईरहेका करिब २५ स्थानमध्ये अधिकांशमा रास्वपाले दोब्बर मतान्तरले अग्रता लिइरहेको प्रारम्भिक परिणामले देखाएको छ।
मतगणना अहिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लासहित कास्की, चितवन, रौतहट, बाँके, स्याङजा र मोरङ लगायतका जिल्लामा भइरहेको छ। प्रारम्भिक मतगणनाको अवस्था अनुसार अधिकांश स्थानमा रास्वपाले सुरुवातदेखि नै अग्रता कायम राखेको छ।
यस्तै, प्रारम्भिक परिणाम अनुसार नेकपा (एमाले) र नेपाली कांग्रेस ले पनि तीन–तीन स्थानमा अग्रता लिएका छन्। तर, यी दलले लिएको अग्रता भने निकै सानो रहेको बताइएको छ।
विश्लेषकहरूको भनाइ अनुसार, यो प्रारम्भिक अवस्था मात्र हो र अन्तिम परिणाम आउँदासम्म मतान्तरमा ठूलो परिवर्तन हुन सक्ने सम्भावना छ।