गैँडाकोटमा रोविन प्रसाद शेरचन लाई सम्मानस्वरूप स्वागत कार्यक्रम सम्पन्न

theoutsidenepal.com

चितवन – गैरआवासीय नेपाली संघ गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन को सम्मानमा गैँडाकोटमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको छ।


परिवारसहित चितवन हुँदै पोखरा जाने क्रममा आयोजित उक्त कार्यक्रम एनआरएनएका उपाध्यक्ष तिलक गैरेको निवासमा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष मनोज श्रेष्ठ, प्रवक्ता सोम नाथ सापकोटा, चिन्तामणि सापकोटा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा आयोजक तिलक गैरेले अतिथिहरूलाई स्वागत गर्दै उपस्थितिप्रति आभार व्यक्त गरेका थिए। त्यसपछि मनोज श्रेष्ठ र सोम नाथ सापकोटाले एनआरएनएको दृष्टि, उद्देश्य, हालसम्मका गतिविधि तथा आगामी योजनाबारे प्रकाश पारेका थिए।


कार्यक्रममा सञ्चारकर्मी, राष्ट्रिय खेलकुद क्षेत्रसँग सम्बन्धित अधिकारी, खेलाडी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले एनआरएनएभित्रको एकता र सहकार्यप्रति खुसी व्यक्त गर्दै नेपाली समुदायको सामाजिक–आर्थिक विकासमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका थिए।


वरिष्ठ उपाध्यक्ष शेरचनले आफूलाई प्रदान गरिएको आत्मीय स्वागतप्रति धन्यवाद व्यक्त गर्दै एनआरएनएको उद्देश्यलाई सशक्त बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।


कार्यक्रम सकारात्मक सन्देशका साथ सम्पन्न भएको जनाइएको छ, जसले संगठनभित्रको एकता, सहकार्य र प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।


प्रतिक्रिया