युवा नेतृत्वको हुंकार: निकोलस पाण्डेयलाई सगुन श्रेष्ठको दमदार समर्थन

theoutsidenepal.com

नेपाल निर्माण व्यवसायी महासंघको आगामी नेतृत्व चयनको सन्दर्भमा युवा पुस्ताबाट नयाँ तरंग देखिएको छ। परिवर्तन, परिणाममुखी काम र दृढ संकल्पको माग बढिरहेका बेला युवा व्यवसायी सगुन श्रेष्ठ ले अध्यक्ष पदका उम्मेदवार निकोलस पाण्डेय लाई खुला समर्थन जनाउँदै सशक्त सन्देश सार्वजनिक गरेका छन्।


सगुन श्रेष्ठ सिन्दुपाल्चोक निर्माण व्यवसायी महासंघ का वरिष्ठ उपाध्यक्ष हुन् ।श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा आजको आवश्यकता स्पष्ट शब्दमा औंल्याउँदै लेखेका छन्—“युवाको नेतृत्व, नयाँ सोच र परिणाम दिने क्षमता नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।” उनले महासंघलाई गतिशील, प्रभावकारी र परिणाममुखी बनाउन अब काम गरेर देखाउने नेतृत्व अपरिहार्य भएको उल्लेख गरेका छन्।


उनको भनाइमा ऊर्जा, दृढता र परिवर्तनको हुटहुटी बोकेको सक्षम युवा नेतृत्वको रूपमा निकोलस पाण्डेय सबैभन्दा उपयुक्त विकल्प हुन्। “बोल्ने होइन, गरेर देखाउने नेतृत्व चाहिन्छ,” भन्ने सन्देशमार्फत श्रेष्ठले निर्माण व्यवसाय क्षेत्रमै नयाँ युगको संकेत दिएका छन्।


निर्माण क्षेत्र जस्तो चुनौतीपूर्ण र देशको विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्रमा अब पुरानो शैलीभन्दा फरक सोच, नवप्रवर्तन र परिणाममुखी कार्यशैली आवश्यक रहेको उनले जोड दिएका छन्। यस्तो अवस्थामा निकोलस पाण्डेयजस्तो युवा, सक्षम र दूरदर्शी उम्मेदवारको नेतृत्वले महासंघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


अन्त्यमा उनले सबै व्यवसायीलाई परिवर्तनको पक्षमा उभिन आह्वान गर्दै लेखेका छन्—“आउनुहोस्, परिवर्तनको पक्षमा उभिऔं!”


यस समर्थनले महासंघको आगामी नेतृत्व चयनमा युवा शक्ति र नयाँ सोचको प्रभाव अझ बलियो बन्ने संकेत देखिएको छ।


प्रतिक्रिया