माइतीघर पुगे गृहमन्त्री सुदन गुरुङ, पीडितका गुनासा सुनेर छिट्टै न्याय दिलाउने प्रतिबद्धता
काठमाडौं । गृहमन्त्री Sudan Gurung सुदन गुरुङले माइतीघर मण्डलामा विभिन्न माग र मुद्दा लिएर धर्नामा बसेका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।
बिहिबार माइतीघर पुगेका गृहमन्त्री गुरुङले लामो समयदेखि न्यायको अपेक्षामा आन्दोलनरत पीडितहरूको समस्या, पीडा र गुनासा ध्यानपूर्वक सुनेका थिए। भेटका क्रममा उनले सम्बन्धित निकायसँग समन्वय गरी पीडितका जायज मागहरू सम्बोधन गर्न पहल गर्ने तथा न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गृहमन्त्री गुरुङले राज्य नागरिकका समस्या र पीडाप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै पीडितका आवाजलाई बेवास्ता गर्न नसकिने बताए। उनले न्यायका लागि संघर्षरत नागरिकहरूको गुनासो सुन्नु सरकारको दायित्व भएको पनि बताए।
धर्नास्थलमै पुगेर पीडितसँग प्रत्यक्ष संवाद गरेको घटनालाई धेरैले सकारात्मक रूपमा लिएका छन्। सामाजिक सञ्जालमा समेत गृहमन्त्री गुरुङको यस कदमको प्रशंसा भइरहेको छ। पीडितहरूले पनि आफ्ना समस्या सुन्न स्वयं गृहमन्त्री आएकोमा आशा र विश्वास बढेको प्रतिक्रिया दिएका छन्।
गृहमन्त्री गुरुङको यो पहलले सरकार र पीडितबीचको दूरी घटाउने तथा न्यायको अपेक्षामा रहेका नागरिकलाई सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।