नुवाकोटको माटोले सम्बन्ध, संघर्ष र विश्वास सिकायो : केन्द्रीय महाधिवेशन प्रतिनिधिमा धनकुमारी थापा ‘सरु’को उम्मेदवारी
काठमाडौं, १४ असोज २०८३ । नेपाली कांग्रेसकी नेतृ धनकुमारी थापा ‘सरु’ले नुवाकोटको माटोले आफूलाई राजनीति मात्र नभई सम्बन्ध, अग्रजप्रतिको सम्मान, संघर्ष र जनताको दुःख बुझ्ने भावना सिकाएको बताउँदै नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा खुला महिला तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै नेतृ थापाले नुवाकोटसँगको आफ्नो राजनीतिक तथा सामाजिक सम्बन्धलाई स्मरण गर्दै पदभन्दा विश्वास र विश्वासप्रतिको समर्पण ठूलो हुने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले लेख्नुभएको छ, “नुवाकोटको माटोले मलाई राजनीति मात्र सिकाएन, सम्बन्ध सिकायो, अग्रजको सम्मान सिकायो, संघर्ष पनि सिकायो, जनताको दुःख बुझ्नुपर्छ भन्ने भावना सिकायो।”
राजनीतिमा प्राप्त हुने पदभन्दा जनताले दिएको विश्वास र त्यसप्रतिको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै थापाले आफूले यही विश्वास र मूल्यलाई आत्मसात गर्दै उम्मेदवारी दिएको बताउनुभएको छ।
उहाँले नुवाकोटका वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा पालिका सभापतिहरूबाट पुनः माया, विश्वास र मतसँगै जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ।
“मलाई विश्वास छ, फेरि नुवाकोटका वडा सभापतिज्यूहरू, क्षेत्रीय प्रतिनिधिज्यूहरू, पालिका सभापतिज्यूहरूले मलाई मन र मतसँगै जिम्मेवारीसहित विजय गराउनुहुनेछ,” थापाले उल्लेख गर्नुभएको छ।
केन्द्रीय महाधिवेशनमा खुला महिला तर्फको उम्मेदवारीसँगै थापाले नुवाकोटमा आफूले बनाएको राजनीतिक सम्बन्ध, अग्रजप्रतिको सम्मान र कार्यकर्तासँगको विश्वासलाई आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गर्नुभएको छ।