राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहको भेट, समसामयिक विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भएको भेटमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक राजनीतिक, शान्ति–सुरक्षा तथा राष्ट्रिय महत्वका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
हालै देशका विभिन्न क्षेत्रमा विकसित घटनाक्रम र समग्र राष्ट्रिय परिस्थितिका सन्दर्भमा दुवै नेताबीच विचार आदानप्रदान भएको बताइएको छ। भेटवार्तामा समसामयिक विषयवस्तुसँगै सरकारका प्राथमिकता र राष्ट्रिय चासोका विषयमा समेत छलफल भएको जनाइएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच समय–समयमा मुलुकको समग्र अवस्थाबारे नियमित रूपमा भेटवार्ता हुँदै आएको छ।