काठमाडौं — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जेन–जी विद्रोह’ का क्रममा भदौ २४ गते भएको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ।
जेन–जी घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोग समक्ष दिएको बयानमा पार्टी सभापति लामिछानेले आफू र आफ्नो पार्टीले कुनै पनि हिंसात्मक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको स्पष्ट पारेका छन्। उनले यदि कसैको संलग्नता पुष्टि भए कडा कारबाही गरिने प्रतिबद्धता समेत जनाएका छन्।
यसैबीच, लामिछानेले नख्खु कारागार बाट आफू स्वेच्छाले बाहिर ननिस्किएको दाबी गरेका छन्। उनका अनुसार भदौ २४ गते करिब दिउँसो १२:३० बजे कारागार प्रशासनले बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र उनलाई बाहिर पठाउनुपर्ने जानकारी दिएको थियो।
घटनाबारे आयोगको छानबिन जारी रहेको छ।