राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ ज्वाला संग्रौला को आक्रोश : जनआस्थाविरुद्ध साइबर मुद्दा र प्रेस काउन्सिलमा उजुरी

theoutsidenepal.com


राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ ज्वाला संग्रौला को आक्रोश : जनआस्थाविरुद्ध साइबर मुद्दा र प्रेस काउन्सिलमा उजुरी



जनआस्था साप्ताहिक विरुद्ध प्रेस काउन्सिल नेपाल मा औपचारिक ध्यानाकर्षण गराइएको भन्दै ज्वाला संग्रौला ले कडा प्रतिक्रिया व्यक्त गरेकी छन्।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले ७ वर्षअघिको घटनालाई अहिलेको जस्तो प्रस्तुत गर्दै “रास्वपा सांसदको पत्रकारलाई धम्की” भन्ने भ्रामक शीर्षकसहित समाचार प्रकाशन गरिएको आरोप लगाएकी हुन्।


उनले यस्तो कार्यलाई “गैरजिम्मेवार पत्रकारिता” तथा “नियोजित चरित्रहत्या” को संज्ञा दिँदै पत्रकारिता तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित हुनुपर्ने उल्लेख गरेकी छन्।


संग्रौलाले सम्बन्धित सञ्चार माध्यमविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको र प्रेस काउन्सिल नेपालमा समेत आवश्यक कारबाहीको माग गरिएको जानकारी दिएकी छन्।


उनले “जनआस्थाबाट बोलेको” भन्दै सदन सुरु हुनुभन्दा केही मिनेटअघि आफूलाई केरकार गरेर ब्ल्याकमेल गर्न खोजिएको आरोपसमेत लगाएकी छन्। साथै, उक्त घटनामा संलग्न महिलामाथि पनि छानबिनको माग गरेकी छन्।


सांसद संग्रौलाले पत्रकारिता स्वतन्त्रताको नाममा भ्रम फैलाउने, पुराना घटनालाई तोडमोड गरेर प्रस्तुत गर्ने तथा व्यक्तिको मानहानी गर्ने कार्य स्वीकार्य नहुने बताउँदै सञ्चार क्षेत्र मर्यादित, अनुशासित र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।


प्रतिक्रिया