Hem–Maya Foundationका प्रमुख Hem Thapa र Maya Thapaले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उल्लेखनीय सहयोग गरेका छन्।
हेम थापाले सार्वजनिक गरेको विवरण अनुसार उनले आफ्नो तथा परिवार (छोरा–छोरी र श्रीमती) को जन्मदिनको अवसरमा मात्र दुःखी, पीडित, असहाय, अशक्त, ज्येष्ठ नागरिक, बालबालिका, विभिन्न संघ–संस्था, वृद्धाश्रम, बालआश्रम, बाढी–पहिरो, आगलागी, भूकम्पपीडित, विद्यालय, मठ–मन्दिर लगायत क्षेत्रमा हालसम्म ९७ लाख ७० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।
त्यसैगरी, अन्य व्यक्तिहरूको जन्मदिनको अवसरमा हौसला स्वरूप थप २५ लाख ३५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको उल्लेख छ। यसरी जन्मदिनलाई नै सेवा र सहयोगसँग जोड्दा कुल सहयोग रकम १ करोड २३ लाख ५ हजार रुपैयाँ पुगेको जानकारी उनले दिएका छन्।
गरिब परिवारमा जन्मिएर संघर्षपूर्ण जीवन यात्रा पार गरेका हेम थापाले आफ्नो स्टाटसमा लेखेका छन्— “गरिबको कोखबाट जन्मिएर हुर्किए पनि मैले जानेर वा अपराध गरेर कसैको एक पैसा र एक गिलास पानी पनि सित्तै खाएको छैन, बरु तीन दिन मोटो खाएर जीवन बचाएको छु।”
हाल अमेरिकामा बसोबास गर्दै आएका हेम–माया थापा दम्पतीलाई सामाजिक क्षेत्रमा सक्रिय, परेवा जस्तै सुन्दर जोडी तथा सफल श्रीमान–श्रीमतीको रूपमा चिनिन्छ। उनीहरूको निरन्तर सहयोग र समाजप्रतिको समर्पणलाई विभिन्न क्षेत्रबाट प्रशंसा गरिएको छ।