राहुल गान्धीद्वारा मोदीमाथि गम्भीर आरोप, ट्रम्पसँग ‘कमजोरीको फाइल’ रहेको दाबी
भारतको प्रमुख विपक्षी दल Indian National Congress (कांग्रेस आई) का नेता Rahul Gandhi ले प्रधानमन्त्री Narendra Modi विरुद्ध गम्भीर आरोप लगाएका छन्।
एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गान्धीले अमेरिकी राष्ट्रपति Donald Trump सँग मोदीका सबै कमजोरीसम्बन्धी फाइल रहेको दाबी गरे। उनका अनुसार ट्रम्पले चाहेको खण्डमा एक मिनेटमै मोदीको राजनीतिक करिअर समाप्त गर्न सक्ने अवस्था रहेको बताए।
गान्धीले भने, “आज डोनाल्ड ट्रम्प भन्दै छन्—म भारतका प्रधानमन्त्रीको करिअर एक मिनेटमा समाप्त गर्न सक्छु। जब म मोदीसँग फोनमा कुरा गर्न खोज्छु, उनी ‘एस सर’ भन्छन्। हेर्नुस्, भारतका प्रधानमन्त्रीको हैसियत कहाँ पुग्यो?”
उनले बहुचर्चित Epstein Files मा समेत मोदीसँग सम्बन्धित तथ्य रहेको आरोप लगाए। गान्धीका अनुसार उक्त फाइल ट्रम्पको हातमा भएकाले मोदी कमजोर बनेका छन्।
यस्तै, उनले भारतीय उद्योगपति Gautam Adani विरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको प्रसंग उठाउँदै अदानी समूहलाई सत्तारुढ दलसँग जोडिएको आरोप लगाए। “अदानी कुनै सामान्य कम्पनी होइन, यो बीजेपीको आर्थिक संरचना हो। यसको वास्तविक नाम ‘मोदानी’ कम्पनी हो,” गान्धीले आरोप लगाए।
गान्धीका यी अभिव्यक्तिहरूले भारतीय राजनीति पुनः तातिएको छ भने सत्तारुढ पक्षबाट यसको प्रतिवाद आउने सम्भावना रहेको छ।