एनएमबि बैंकको खुद नाफा १७.७१% घट्यो, दोस्रो त्रैमासमा १ अर्ब ६४ करोडमा सीमित

theoutsidenepal.com

काठमाडौं: एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफामा उल्लेखनीय गिरावट आएको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ।


गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले उल्लेखनीय रूपमा २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


यद्यपि नाफा घटे पनि बैंकको खुद ब्याज आम्दानी भने १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २५ करोड ३२ लाख ६६ हजार रुपैयाँ थियो।


चालु आवको पुस मसान्तसम्म बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.१७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ पुगेको छ।


तर, सञ्चालन नाफा भने १५.२९ प्रतिशत घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँमा झरेको छ।


समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ सञ्चित रहेको छ।


पुस मसान्तसम्म बैंकको निक्षेप संकलन ३.७४ प्रतिशतले बढेर २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४.८२ प्रतिशतले बढेर २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ।


यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५.०९ प्रतिशत रहेको छ। यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत कायम रहेको छ।


बैंकको प्रति सेयर आम्दानी (EPS) ३.६८ रुपैयाँले घटेर १७.१० रुपैयाँमा झरेको छ। यस्तै, प्रति सेयर नेटवर्थ १६८.७५ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) १३.९८ गुणा रहेको छ।


यसैगरी, बैंकको खराब कर्जा (NPL) अनुपात गत वर्षको ३.९७ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ, जसले बैंकको सम्पत्ति गुणस्तरमा दबाब बढेको संकेत गरेको छ।


प्रतिक्रिया