बैतडी । बैतडी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता चतुर बहादुर चन्द को पक्षमा उल्लेखनीय जनलहर देखिएको दाबी गरिएको छ। चुनावी माहोल तातिँदै जाँदा गाउँ–गाउँमा चन्दको समर्थनमा उत्साहजनक सहभागिता देखिएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्।
घरदैलो अभियान, कोनेसभा र अन्तरक्रिया कार्यक्रमहरूमा स्थानीय बासिन्दाको बाक्लो उपस्थितिले चन्दको लोकप्रियता झन् प्रस्ट भएको समर्थकहरूको भनाइ छ। विकास, सुशासन र जनतामुखी नेतृत्वलाई प्राथमिकतामा राख्दै उनले अघि सारेका एजेन्डाले मतदाताको ध्यान खिचेको दाबी गरिएको छ।
कांग्रेस स्रोतका अनुसार बैतडी–१ मा संगठनात्मक संरचना मजबुत रहेको र युवापुस्ताको सक्रिय सहभागिताले माहोल थप सकारात्मक बनेको छ। चन्दको अनुभव, समन्वय क्षमता र जनतासँगको निरन्तर सम्पर्कले उनलाई बलियो दावेदार बनाएको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।
स्थानीय मतदाताले स्थिरता र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चन्दप्रति विश्वास व्यक्त गरेको बताइएको छ। चुनाव नजिकिँदै जाँदा बैतडी–१ मा उनको पक्षमा देखिएको जनसमर्थनले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।