कोरियन ब्यूटी कोर्टकी प्रमुख एलिसा सृजना नेपालीद्वारा शुभेच्छुक तथा विभिन्न संस्थाका प्रतिनिधिप्रति आभार व्यक्त
द टन न्युज ।
दक्षिण कोरियामा सञ्चालित कोरियन ब्यूटी कोर्टकी प्रमुख एलिसा सृजना नेपालीले आफ्नो संस्थामा उपस्थित भई बधाई तथा शुभकामना व्यक्त गर्ने विभिन्न सामाजिक तथा राजनीतिक संस्थाका व्यक्तित्व, सामाजिक अभियन्ता, संस्थाका प्रतिनिधि तथा आत्मीय साथीहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।
नेपालीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धन्यवाद सन्देशमा Sisterhood Korea, New Vision, NRNA Gimhae, NRNA Busan लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थितिले आफूलाई अत्यन्तै खुसी लागेको उल्लेख गरेकी छन्।
उनले संस्थामा आएर बधाई तथा शुभकामना दिनुहुने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आपसी सद्भाव, सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेकी छन्।
‘समाज छ र हामी छौँ, हामी छौँ र हाम्रो समाज छ’ भन्ने सन्देशमार्फत उनले समाज र व्यक्तिबीचको सम्बन्ध, एकता र पारस्परिक सहयोगको महत्त्वसमेत उजागर गरेकी छन्।
दक्षिण कोरियामा विभिन्न सामाजिक तथा सामुदायिक संस्थासँगको सहकार्यलाई महत्त्व दिँदै नेपालीले सबैको माया, साथ र शुभेच्छाले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
— द टन न्युज