काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीका अनुसार चैत १२ गते काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आयोजना हुने भएको हो। बैठक दिउँसो ४ बजेका लागि तय गरिएको छ।
बैठकमा विशेषगरी संसदीय दलको नेताको विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ। पार्टीभित्रको आगामी रणनीति र संसदीय गतिविधिलाई प्रभावकारी बनाउने सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ।
23 March 2026