सातौं SBI Remit UFN Running Cup फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न

theoutsidenepal.com

“सातौं SBI Remit UFN Running Cup फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्नーजापानस्थित नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने प्रयासमा SBI Remit को निरन्तर सहयोग”


इबाराकी, जापान – जुन २८, २०२६

जापानस्थित नेपाली समुदायको एकता, सद्भाव तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले UFN (United Football Nepal) द्वारा आयोजित सातौं SBI Remit UFN Running Cup Football Tournament जुन २८, २०२६ मा इबाराकी प्रिफेक्चरको तामादोस्थित Shalom Sports Center मा भव्य रूपमा सम्पन्न भएको छ।यस वर्षको प्रतियोगितामा कुल ४० टोलीहरू सहभागी भएका थिए, जसमा ८ वटा भेट्रान टोली तथा ३२ वटा खुला (Open Category) टोलीहरू रहेका थिए। जापानका विभिन्न क्षेत्रहरूबाट खेलाडी तथा दर्शकहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई अझ उत्साहपूर्ण बनाएको थियो।


SBI Remit जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको जीवनलाई सहज बनाउन अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा, बैंकिंग सेवा लगायतका विविध वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ। साथै, कम्पनीले नेपाली समुदायसँग घनिष्ठ सम्बन्ध कायम राख्दै सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।

हाल जापानमा तीन लाखभन्दा बढी नेपालीहरू बसोबास गरिरहेका छन्। यस्तो अवस्थामा खेलकुदमार्फत नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने अवसर प्राप्त गर्नु अत्यन्त महत्वपूर्ण रहेको SBI Remit ले विश्वास लिएको छ।

यस अवसरमा बोल्दै SBI Remit का दक्षिण एशिया क्षेत्रका प्रमुख Tirtha Karki ले भन्नुभयो,


“जापानभरि फैलिएको नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एकअर्कासँग जोड्ने यस्तो महत्वपूर्ण कार्यक्रममा साझेदार तथा प्रायोजक बन्न पाउनु SBI Remit का लागि गर्वको विषय हो। हामी केवल रेमिटेन्स सेवा प्रदान गर्ने मात्र होइन, समुदायसँग हातेमालो गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने प्रयासमा सधैं प्रतिबद्ध छौं।”


प्रतियोगिताको खुला वर्गतर्फ OIZUMI FC ले उपाधि जित्न सफल भयो भने MERCURY FC उपविजेता बनेको थियो। प्रतियोगितामा कुल १० लाख २० हजार येन बराबरको नगद पुरस्कार वितरण गरिएको थियो।प्रतियोगिता अवलोकन गर्न SBI Remit का  Kono Yoshiyuki सेल्स डिपार्ट प्रमुख  तथा प्रेसिडेन्ट Ando Nobuo समेत उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले जापानस्थित नेपाली समुदायको उत्साह, अनुशासन तथा खेलप्रतिको समर्पणको उच्च प्रशंसा गर्नुभयो।


उहाँहरूले आफ्नो धारणा व्यक्त गर्दै भन्नुभयो कि SBI Remit जापानको अग्रणी रेमिटेन्स कम्पनीका रूपमा नेपाली समुदायसँग जोडिएका यस्ता कार्यक्रमहरू अत्यन्त अर्थपूर्ण छन्। यस्ता गतिविधिहरूले समुदायबीचको सम्बन्ध अझ बलियो बनाउनुका साथै स्वस्थ, सकारात्मक र प्रेरणादायी वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उहाँहरूको विश्वास रहेको थियो।


कार्यक्रमका आयोजक तथा UFN का अध्यक्ष Surendra Lal Shrestha ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलाडीहरू, स्वयंसेवकहरू, समर्थकहरू तथा प्रायोजकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,“खेलकुदले समुदायलाई एकताबद्ध गर्ने अद्भुत शक्ति राख्छ। यस प्रतियोगिताको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण सहभागी, सहयोगी संस्था र प्रायोजकहरूप्रति म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु।”


यस प्रतियोगितामा Everest International (Tochigi) तथा NRNA Tochigi ले समेत महत्वपूर्ण सहकार्य तथा समर्थन प्रदान गरेका थिए।

साथै, SBI Remit ले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा विजेता टोलीका खेलाडीहरू सहित १० जना खेलाडीहरूलाई आगामी अगस्ट महिनामा आयोजना हुने ‘Mini Asia Soccer Tournament’ मा प्रायोजन गरी सहभागी गराउने घोषणा गरेको छ। यस पहलले जापानमा रहेका नेपाली खेलाडीहरूको क्षमता र प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

यस प्रकारका सामुदायिक तथा खेलकुद प्रवर्द्धन कार्यक्रमहरूमा SBI Remit को सक्रिय सहभागिताप्रति NJFA (Nepal Japan Football Association) का महासचिव Manoj Shrestha ले उच्च प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले जापानस्थित नेपाली समुदायबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै भावी पुस्ताहरूलाई समेत सकारात्मक मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

SBI Remit का अनुसार भविष्यमा पनि जापानस्थित नेपाली समुदायको उत्थान, एकता तथा सामाजिक विकासका लागि खेलकुद, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरूमा निरन्तर सहयोग र सहभागिता रहनेछ।


SBI Remit बारे

SBI Remit जापानको अग्रणी अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रदायक कम्पनी हो, जसले विश्वका विभिन्न देशहरूमा सुरक्षित, छिटो र भरपर्दो पैसा पठाउने सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले विशेष गरी जापानमा बसोबास गर्ने विदेशी समुदायलाई वित्तीय पहुँच विस्तार गर्दै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिहरूमा समेत योगदान पुर्‍याउँदै आएको छ। SBI रेमिटले नेपालमा पैसा पठाउदा जापान भरिकै उच्च रेटको साथ साथै पहिलो रेमिटेन्स सेवा फ्री अनि पैसा पठाउदा लिएको चार्जको १०% फिर्ता गर्नेछ। नेपालमा येन अथवा डलरमा पनि पैसा पठाउन मिल्ने एक मात्र रेमिटेन्स कम्पनि।

प्रतिक्रिया