कृष्णपुरमा ११ दिने श्री शिव पुराण तथा महारुद्र महायज्ञ आयोजना हुँदै

theoutsidenepal.com

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४, मालुबेला स्थित राष्ट्रकै ऐतिहासिक तथा सुप्रसिद्ध पुण्य धार्मिक धरोहर ग्वासी मन्दिर (ग्वासी धाम) को प्राङ्गणमा एकादश दिवसीय श्री शिव पुराण एवं महारुद्र महायज्ञ आयोजना हुने भएको छ।


धर्म जागरण, अध्यात्म चिन्तन, गुरुकुल सञ्चालन, सुसंस्कारित समाज निर्माण, राष्ट्र शान्ति तथा लोक कल्याणको पावन उद्देश्यसहित सञ्चालन हुने उक्त महायज्ञका विषयमा सम्माननीय राष्ट्रपति श्रद्धेय श्री रामचन्द्र पौडेलज्यू समक्ष औपचारिक रूपमा जानकारी गराइएको छ।


यस अवसरमा माननीय पूर्व मन्त्री एन.पी. सावदज्यू तथा कृष्णपुर नगरपालिका–४ का वडा अध्यक्ष धर्मबहादुर सिंहज्यू पनि उपस्थित रहनुभएको थियो।


कृष्णपुर नगरपालिका कञ्चनपुरका मेयर हेमराज ओझाले ग्वासी धामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई उजागर गर्दै यस प्रकारका आध्यात्मिक कार्यक्रमहरूले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभएको छ।


स्थानीयवासी तथा भक्तजनहरूमा ठूलो उत्साह देखिएको उक्त धार्मिक अनुष्ठानले क्षेत्रीय धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया