वरिष्ठ समाजसेवी सुनिता गुरुङ को सन्देश: ‘सत्यको बाटोमा अडिग रहँदा अन्ततः जीत निश्चित’

theoutsidenepal.com

काठमाडौं — वरिष्ठ समाजसेवी Sunita Gurung ले संघर्ष, धैर्यता र सत्यको मार्गबारे प्रेरणादायी सन्देश सार्वजनिक गरेकी छन्। उनले सुरुवाती चरणमा मानिसहरूले अवरोध सिर्जना गर्ने, निराशा र दबाब दिने तथा हार मान्न बाध्य पार्ने प्रयास गर्ने उल्लेख गर्दै त्यसलाई दृढताका साथ पार गर्नुपर्ने बताएकी छन्।


उनले सत्यको बाटोमा निडरता, साहस र धैर्यका साथ अघि बढिरहे अन्ततः सफलता प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्। “जुन दिन सफलता हासिल हुन्छ, त्यही दिन विरोध गर्नेहरू पनि साथमा देखिन्छन्,” भन्ने उनको भनाइले सामाजिक सञ्जालमा सकारात्मक सन्देश दिएको छ।


उक्त सन्देशमा उनले Rabi Lamichhane लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ‘कहिल्यै नथाक्ने मान्छे’ भनेर उल्लेख गरेकी छन्। उनको यो अभिव्यक्तिले संघर्षरत व्यक्तिहरूका लागि प्रेरणाको सन्देश दिएको भन्दै व्यापक प्रतिक्रिया आएको छ।


प्रतिक्रिया