नेपाली क्रिकेटको उत्सवलाई सफल बनाउन डा. सुनिलकुमार शर्माको आह्वान

theoutsidenepal.com

नेपाली क्रिकेटको उत्सवलाई सफल बनाउन डा. सुनिलकुमार शर्माको आह्वान

द टन न्युज ।

नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटमा नयाँ उत्साह र सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरेका छन्।

आजदेखि सुरु भएको नेपाल प्रिमियर लिगलाई नेपाली क्रिकेटको महत्त्वपूर्ण उत्सवका रूपमा उल्लेख गर्दै डा. शर्माले यसले नेपाली खेलकुदको विकास र प्रतिभावान् खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सहयोग गर्ने बताएका छन्।

उनले खेलकुदलाई राष्ट्रको पहिचान र आर्थिक समृद्धिको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै एनपीएलजस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपाली खेल प्रतिभाको पहिचान र विकासमा योगदान पुर्‍याउने उल्लेख गरेका छन्।

नेपाली क्रिकेटको विकासका लागि यस्ता प्रतियोगिताको सफलता आवश्यक रहेको धारणा राख्दै डा. शर्माले सबैलाई एकजुट भएर एनपीएल सफल बनाउन आह्वान गरेका छन्।

नेपाली क्रिकेटप्रति उत्साह र सकारात्मक सन्देश व्यक्त गर्दै उनले आफ्नो स्टाटसको अन्त्यमा ‘जय नेपाल!’ लेखेका छन्।

एनपीएलले नेपाली क्रिकेटलाई थप व्यावसायिक बनाउँदै खेलाडी, समर्थक तथा समग्र खेलकुद क्षेत्रका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया