वन संरक्षणका क्रममा पाटे बाघको आक्रमणबाट वन हेरालु घाइते

theoutsidenepal.com


कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु सन्तराम चौधरी वन संरक्षणको क्रममा पाटे बाघको आक्रमणबाट घाइते भएका छन्।


वन क्षेत्रमा गस्ती तथा संरक्षणको कार्य गरिरहेका बेला बाघले अचानक आक्रमण गरेको स्थानीय स्रोतले जनाएको छ। घाइते चौधरीको उपचार भइरहेको छ भने उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।


घटनापछि स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन तथा वन क्षेत्रमा अनावश्यक प्रवेश नगर्न अनुरोध गरिएको छ। सम्बन्धित निकायले पनि वन्यजन्तुको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरेको जनाएको छ।


प्रतिक्रिया