नारिता विमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभाग प्रमुख दीपक बोहोरा तथा सांसद बसुमाया तामाङको स्वागत

theoutsidenepal.com

नारिता विमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास विभाग प्रमुख दीपक बोहोरा तथा सांसद बसुमाया तामाङको स्वागत

टोकियो, जापान। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवास विभाग प्रमुख दीपक बोहोरा तथा प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ जापान भ्रमणका क्रममा आज नारिता अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको छ।


उहाँहरूको जापान भ्रमणका अवसरमा आगामी अगस्ट २ मा टोकियोमा विशेष अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरिने भएको छ। आयोजकका अनुसार कार्यक्रम केवल औपचारिक भेटघाटमा सीमित नरही विचार आदान–प्रदान, संगठन सुदृढीकरण तथा प्रवासमा रहेका नेपालीहरूको भूमिका र आगामी कार्यदिशाबारे खुला छलफल गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।



कार्यक्रममा जापानमा रहेका नेपाली समुदाय, रास्वपाका शुभेच्छुक, समर्थक तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रवासी नेपालीका समसामयिक मुद्दा, संगठन विस्तार, नेपालसँगको सम्बन्ध सुदृढ गर्ने पहल तथा आगामी योजनाबारे सहभागीहरूले आफ्ना विचार र सुझाव प्रस्तुत गर्ने अवसर पाउने आयोजकले जनाएको छ।



आयोजकले जापानमा रहनुभएका नेपाली समुदायलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई रचनात्मक सुझावसहित उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया