‘पहिले कागजमा, अहिले डिजिटल माध्यमबाट भ्रष्ट सम्पत्ति लुकाइन्छ’— राजशान्ति सुनार

theoutsidenepal.com

बरिष्ठ समाजसेवी राजशान्ति सुनारले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार र अवैध सम्पत्ति लुकाउने प्रवृत्तिबारे टिप्पणी गरेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन्, “पहिलाका नेताहरूले कागजी प्रक्रियामार्फत भ्रष्टाचारको अपार सम्पत्ति लुकाउँथे, अहिले डिजिटल प्रक्रियाबाट लुकाउँछन्। पहिले दीपक भट्ट, अहिले ???”

सुनारको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेको छ। केहीले यसलाई भ्रष्टाचारविरुद्धको व्यंग्यात्मक टिप्पणीका रूपमा लिएका छन् भने केहीले यसमा उठाइएको प्रश्नको स्पष्टता आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया