मनोरथ खनाललाई TON Media Group को बधाई, योगदानको उच्च प्रशंसा
काठमाडौं — TON Media Group ले आफ्ना सल्लाहकार मनोरथ खनाल (ओहायो स्टेट, अमेरिका) लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। संस्थाप्रति उहाँले देखाउनुभएको निरन्तर सहयोग, दूरदृष्टि र प्रतिबद्धताको कदर गर्दै उक्त बधाई सन्देश जारी गरिएको हो।
संस्थाका अध्यक्ष एचबी ताम्राकारले आधिकारिक सन्देशमार्फत खनालको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै TON Media Group को विकास र रणनीतिक दिशानिर्देशनमा उहाँको भूमिका उल्लेखनीय रहेको बताए। उहाँका अनुभव र मार्गदर्शनले संस्थालाई प्रभावकारी तथा विश्वसनीय मिडिया सामग्री उत्पादन गर्ने अभियानमा थप सशक्त बनाएको पनि अध्यक्ष ताम्राकारले उल्लेख गरे।
“मनोरथ खनालको समर्पण र दूरदृष्टिले हाम्रो टिमलाई निरन्तर प्रेरित गरिरहेको छ। उहाँलाई TON परिवारको सदस्यका रूपमा पाउनु हाम्रो लागि गर्वको विषय हो, र आगामी दिनमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास लिएका छौं,” अध्यक्ष ताम्राकारले भने।
TON Media Group ले खनालको आगामी यात्रा सफल, स्वस्थ र प्रभावकारी रहोस् भन्ने कामना गर्दै संस्थाले सशक्त नेतृत्वमा सहकार्य गर्दै सूचना, प्रेरणा र सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ।