एनपीएलमा आज विश्राम, भोलि दुई रोमाञ्चक खेल हुँदै

theoutsidenepal.com

एनपीएलमा आज विश्राम, भोलि दुई रोमाञ्चक खेल हुँदै

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज कुनै पनि खेल हुने छैनन्। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज प्रतियोगितामा विश्राम राखिएको हो।

प्रतियोगिताअन्तर्गत भोलि भने दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

त्यसैगरी, साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।

हालसम्मको अंकतालिकामा लुम्बिनी लायन्स तीन खेलबाट दुई जित र एक खेलमा अंक बाँड्दै कुल ५ अंकसहित शीर्ष स्थानमा रहेको छ। तीनवटै खेलमा पराजित पोखरा एभेन्जर्स भने अंकतालिकाको पुछारमा रहेको छ।

भोलिका दुवै खेलले प्रतियोगिताको अंकतालिकामा थप रोचकता ल्याउने अपेक्षा गरिएको छ।

द टन न्युज
Accuracy, Balance and Credibility


प्रतिक्रिया