नेपालमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बनेको छ। बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको दाबी गरिएको छ। स्रोतका अनुसार, सरकार गठनको पहिलो दिनदेखि नै पूर्ण मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ।
यसपटक सरकारलाई सानो र प्रभावकारी बनाउने उद्देश्यसहित करिब १५ जनाभन्दा बढी मन्त्री नराख्ने रणनीति बनाइएको बताइएको छ। कम संख्यामा मन्त्री राखेर कामलाई चुस्त, द्रुत र परिणाममुखी बनाउने लक्ष्य लिइएको स्रोतको भनाइ छ।
त्यसैगरी, नयाँ सरकारको सपथ ग्रहण कार्यक्रम यही चैत्र १३ गतेका लागि तय गरिएको जानकारी प्राप्त भएको छ। सोही दिन बालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा सपथ लिने अपेक्षा गरिएको छ।
युवापुस्ताको प्रतिनिधित्व गर्दै बालेनको नेतृत्वमा बन्ने सरकारप्रति आम जनतामा आशा र उत्साह बढ्दै गएको छ। अब बन्ने सरकारले देशमा नयाँ सोच, पारदर्शिता र विकासको गति ल्याउने अपेक्षा गरिएको छ।