कोरियन ब्युटी क्षेत्रमा नेपालीको सफलता: सृजना एलिसा नेपालीद्वारा ORGANO Phyto Hyaluronic Serum सार्वजनिक
दक्षिण कोरियामा सौन्दर्य तथा स्किनकेयर उद्योगमा सक्रिय नेपाली युवती Srijana Elisa Nepali ले नयाँ स्किनकेयर उत्पादन ORGANO Phyto Hyaluronic Serum सार्वजनिक गरेकी छन्।
कोरियन ब्युटी कोर्टकी अध्यक्ष समेत रहेकी सृजना एलिसा नेपालीले सामाजिक सञ्जालमार्फत उक्त सिरमबारे जानकारी दिँदै यसले छालालाई गहिरो रूपमा हाइड्रेट गरी लामो समयसम्म ताजापन र प्राकृतिक चमक प्रदान गर्ने बताएकी छन्।
उनका अनुसार Sodium Hyaluronate (Hyaluronic Acid) युक्त यो सिरमले छालामा आवश्यक आर्द्रता कायम राख्न, छालाको प्राकृतिक मोइस्चर ब्यारियर सुदृढ बनाउन तथा छालालाई मुलायम, ताजा र स्वस्थ देखिन मद्दत गर्छ। १०० मिलिलिटर क्षमताको यो उत्पादन सबै प्रकारका छालाका लागि उपयुक्त रहेको जनाइएको छ।
सृजना एलिसा नेपालीले कोरियन स्किनकेयर प्रविधि र गुणस्तरीय सामग्रीको संयोजनमार्फत स्वस्थ र आकर्षक छालाका लागि प्रभावकारी समाधान उपलब्ध गराउने लक्ष्य राखेको बताएकी छन्।
कोरियामा नेपाली समुदायबाट सौन्दर्य तथा स्किनकेयर क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी सृजना एलिसा नेपालीको यो पहललाई नेपाली समुदायले समेत सकारात्मक रूपमा लिएको छ। उत्पादनको मुख्य सन्देश “Hydrate Deeply. Glow Naturally.” अर्थात् “गहिरो रूपमा हाइड्रेट गरौं, प्राकृतिक रूपमा चम्कौं” रहेको छ।