“तिमीहरूले मलाई नाविर्सनु ल” — डा. महावीर पुनको आत्मीय आग्रह

theoutsidenepal.com


म्याग्दी — “तिमीहरूले मलाई नाविर्सनु ल ! ”यो आत्मीय वाक्य महावीर पुन ले साना बालबालिकासँग तस्बिर खिचाउँदै व्यक्त गर्नुभएको हो।


म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पुन बालबालिकासँग घुलमिल हुँदै उनीहरूको उज्ज्वल भविष्यका बारेमा संवाद गरिरहेका देखिन्थे। सधैं प्रविधि, शिक्षा र नवप्रवर्तनको माध्यमबाट ग्रामीण विकासको अभियान चलाउँदै आएका पुनले यसपटक राजनीतिको माध्यमबाट व्यापक परिवर्तनको लक्ष्य अघि सारेका छन्।


तस्बिर खिचाउने क्रममा बालबालिकालाई हाँस्दै उनले भने, “तिमीहरू नै देशको भविष्य हौ, म तिमीहरूकै लागि काम गर्न चाहन्छु।” उनको सरलता र आत्मीय व्यवहारले उपस्थित अभिभावक तथा स्थानीयबासीलाई समेत भावुक बनाएको थियो।


ग्रामीण क्षेत्रमा सूचना प्रविधि विस्तार, सामुदायिक विकास र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने अभियानका कारण परिचित पुन अब नीति निर्माणको तहबाट काम गर्ने अठोटसहित चुनावी मैदानमा उत्रिएका छन्।


म्याग्दीका गाउँ–गाउँमा पुगेर बालबालिका, युवा र अभिभावकसँग संवाद गर्दै उनले शिक्षा, प्रविधि र आत्मनिर्भर अर्थतन्त्रलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।


बालमनसँग जोडिएको उनको सन्देशले स्पष्ट संकेत गर्छ — उनको राजनीति सत्ता केन्द्रित होइन, भविष्य केन्द्रित छ।


प्रतिक्रिया