बुढानीलकण्ठबाट सुरु हुँदै ‘चिया थपौँ न!’ को राष्ट्रिय यात्रा, दुई वर्षभित्र १०० शाखा विस्तार गर्ने लक्ष्य

theoutsidenepal.com

बुढानीलकण्ठबाट सुरु हुँदै ‘चिया थपौँ न!’ को राष्ट्रिय यात्रा, दुई वर्षभित्र १०० शाखा विस्तार गर्ने लक्ष्य

काठमाडौं । नेपाली चिया संस्कृतिलाई आधुनिक ढंगले प्रवर्द्धन गर्ने उद्देश्यसहित नयाँ चिया ब्रान्ड “चिया थपौँ न!” बुढानीलकण्ठबाट सञ्चालनमा आउने भएको छ। बुढानीलकण्ठ नगरपालिका–२ स्थित कालिका पार्कमा यसको पहिलो आधिकारिक शाखा खोल्ने तयारी अन्तिम चरणमा पुगेको सञ्चालकहरूले बताएका छन्।

ताजा, स्वादिलो र गुणस्तरीय चिया ग्राहकसम्म पुर्‍याउने लक्ष्यसहित सुरु हुन लागेको यो व्यवसायले केवल चिया बिक्रीमा मात्र सीमित नभई नेपाली समाजमा चियासँग जोडिएको आत्मीयता, भेटघाट र सम्बन्धको संस्कृतिलाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।


ब्रान्डका सञ्चालक भोला घिमिरे (भाई किङ) र सुनिल दोङ ले साझेदारीमा अघि बढाएको यस परियोजनाले छोटो समयमै देशव्यापी विस्तारको महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। उनीहरूका अनुसार आगामी दुई वर्षभित्र नेपालभर १०० वटा शाखा विस्तार गर्ने लक्ष्यसहित व्यवसाय अघि बढाइएको हो।

कालिका पार्क क्षेत्रमा खुल्न लागेको पहिलो आउटलेटले स्थानीय बासिन्दा, पार्क घुम्न आउने आगन्तुक तथा चिया पारखीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। ग्राहकलाई उत्कृष्ट स्वादसँगै आत्मीय वातावरण उपलब्ध गराउँदै “चिया थपौँ न!” लाई राष्ट्रिय स्तरको लोकप्रिय ब्रान्डका रूपमा स्थापित गर्ने योजना रहेको सञ्चालकहरूको भनाइ छ।

नेपालमा चिया दैनिक जीवनको अभिन्न हिस्सा मानिन्छ। बिहानको सुरुवातदेखि साथीभाइबीचको भेटघाट, पारिवारिक जमघट तथा सामाजिक सम्बन्धलाई मजबुत बनाउने माध्यमका रूपमा चियाले विशेष स्थान ओगटेको छ। यही सांस्कृतिक महत्वलाई व्यवसायिक अवधारणासँग जोड्दै “चिया थपौँ न!” ले नेपाली चिया संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सञ्चालकहरूका अनुसार उद्घाटनको मिति चाँडै सार्वजनिक गरिनेछ। बुढानीलकण्ठबाट सुरु भएको यो यात्रा निकट भविष्यमै देशका प्रमुख सहर तथा बजारहरूमा विस्तार हुने अपेक्षा गरिएको छ।

“एउटा कप चियाबाट सुरु भएको सपना, अब नेपालभर फैलिने यात्रामा छ।” 


प्रतिक्रिया