मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन भट्टराईका अनुसार प्रसाईंलाई पक्राउ गरी परिसरमा ल्याइएको छ। प्रहरी स्रोतका अनुसार निर्वाचन बिथोल्ने खालको अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
यसअघि पनि प्रसाईं २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेलबाट पक्राउ परेका थिए। त्यसपछि २५ माघमा उनी हाजिरी जमानीमा छुटेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
16 February 2026