टोकियोको आकिहाबारामा ‘याहे रेमिट जापान’ सञ्चालनमा, व्यवसायिक सफलताको शुभकामना

theoutsidenepal.com


टोकियोको आकिहाबारामा ‘याहे रेमिट जापान’ सञ्चालनमा, व्यवसायिक सफलताको शुभकामना



जापानको टोकियोस्थित आकिहाबारामा नयाँ रेमिट सेवा ‘Yahey Remit Japan’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। गैरआवासीय नेपाली संघ जापान (एनआरएनए जापान) का निवर्तमान अध्यक्ष तथा वर्तमान एनआरएनए आईसीसी युवा संयोजक Neure Nabin, एनआरएनए जापानका अध्यक्ष Suvash Lamichhane लगायत सम्पूर्ण टिमको सक्रिय पहलमा सेवा शुभारम्भ गरिएको हो।


विदेशमा रहेका नेपाली समुदायलाई सहज, सुरक्षित तथा भरपर्दो रेमिट सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘Yahey Remit Japan’ ले जापानमा रहेका नेपालीहरूलाई विशेष सुविधा दिने अपेक्षा गरिएको छ।


यस अवसरमा विभिन्न सामाजिक तथा व्यावसायिक व्यक्तित्वहरूले नयाँ यात्राको सफलताको कामना व्यक्त गरेका छन्। सेवा शुभारम्भसँगै जापानमा रहेका नेपाली समुदायबीच आर्थिक कारोबारलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास लिइएको छ।


‘Yahey Remit Japan’ परिवारलाई व्यवसायिक सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।


प्रतिक्रिया